शंकर केसी
सल्यान, २० बैशाख । विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाई उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो ।
बाख्रा हस्तान्तरण गर्दै सेनले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहार सुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ जागृती मिश्रीत बाख्रापालन समूहका अध्यक्ष तारासिंह खड्काले आफ्नो समूहका विपन्न किसानलाइ गाउँपालिकाले बाख्रा उपहार दिएकोमा खुशी व्यक्त गर्दै नमुना कृषक समूह बनाउने उद्देश्यमा आफुहरु लागेको बताए ।
तीन नम्बर वडा बाख्रा पालनका लागी उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उनले व्यवशायीक रुपमा बाख्रापालन व्यवशाय अघी बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जनाए ।