Indrenionline.com

‘मजदुरहरुलाई काम गर्ने वातावरण बनोस’

तुलसीपुर १९ बैशाख । मजदुरहरुलाई काम गर्ने वातावरण बनाईदिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । अखिल नेपाल टे«ड युनियन महासंघले १२९ औं अन्तरािष्ट्रय मजदुर दिवसका अबशसरमा मंगलबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । मजदुरहरुलाई सहज काम गर्ने वातावरण नभएको भन्दै स्थानीय सरकारले मजदुरहरुलाई सहज काम गर्ते वातावरण निर्माण गर्नुपर्ने बक्ताहरुको जोड थियो ।

महासंघ तुलसीपुरका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले मजदुहरुलाई उचित पारिश्रमीक, कामगर्ने सहज वातावरण, काम गर्ने समय तोक्नुपर्ने बताएका थिए । साथै श्रमिक ऐन, सामाजिक सुरक्षा ऐन लागु भएमा मात्रै श्रमिकहरुका हक अधिकार स्थापीत हुने भन्दै यसतर्फ स्थानीय सरकार लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले श्रमिकहरुको सम्मानले मात्रै मुलुक समृद्ध बन्ने बताए । उनले सम्मान नगर्दा सम्म मुलुक समृद्ध, बिकसित बन्न नसक्ने बताए । कार्यक्रममा बिशिष्ट अतिथि माओवादी केन्द्रका केन्दीय आयोजक कमिटि सदस्य शेसुराम भण्डारीले मुलुकमा समाजवाद लागुभएमा मात्रै मजदुरले राज्यको आभास गर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार सगठन तुलसीपुरका अध्यक्ष डिल्ली बहादुर वली, महासंघका प्रदेश सचिब भरत भट्टराई, अम्बिकेश्वरी यातायातका ज्ञान बहादुर बस्नेत, महासंघका कानुनी सल्लाहकार रबिन्द्र धिताल, पबन योगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासंघ तुलसीपुरका सचिब घनश्याम डाँगीले गरेका थिए ।।