Indrenionline.com

गाउँलेलाई शक्ति देखाउने भन्दै नदीमा हामफालेपछि……

बाजुरा, १७ बैशाख । शक्ति देखाउने भन्दै कर्णली नदीमा हामफालेका दुई झाक्री मध्ये एकको मृत्यु भएको छ । अर्का एक जना वेपत्ता भएका छन् । नदीमा नदीमा

हामफाल्नेका जगन्नाथ गाँउपालिका–१ का ६१ वर्षीय मान सिंह बिष्टको मृत्यु भएको छ भने अर्का ५३ वर्षीय जयबहादुर बिष्ट वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार दुबै जना स्थानीयलाई शक्ति देखाउने भन्दै आइतबार बिहान नदीमा हामफालेका थिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।