रौतहट, १३ वैशाख । नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताएका छन् ।
देशमा अबको यात्रा सुशासन, स्थिरता र समृद्धिको रहेको उनले स्पष्ट पारे । अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुर्ने समय आएको समेत प्रचण्डले बताए ।
चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफूले निर्देशन दिएको उनले बताए ।