ललितपुर, १३ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उनीप्रति सम्मान गरिएको बताए । नेकपा एमालेले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताए । उनले भने “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।”
वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताए । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उनको भनाइ थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे ।