काठमाडौँ – एमाले र नेकपा माओवादी बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच आज पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भीर छलफल भएको हो ।
पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टी एकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लाग्नुभएको बताइएको छ । र मा सा सा
