दीपक शर्मा
बर्दिय, ५ बैशाख । पढने इच्छा सानैबाट हो, साथीभाई स्कुलमा घण्टी बज्यो भने झन दोडिदै विद्यालय जाने गर्दछन, आफूभने आमाको भर पर्नुपर्छ आफै हिडेर जान सक्ने अवस्था छैन अहिलेसम्म कसैले ह्विचियर समेत दिएको छैन ।
पतिराम थारु र खोज्या थारुकी छैटौ सन्तानको रुपमा जन्मिएकी सुशीला जन्मदै दुवै हात दुवै खुट्टा कमजोर थिए । अहिले पनि उनीभित्र बाहिर गर्दा बसेर यताउता जाने गर्छिन् उमेर अनुसार उनको उचाइ पनि वढेको छैन । बाहिर कतै जानुपर्रो भने आमाले काखामा राखेर लैजाने गरेकी छिन् । सुशीलाको विद्यालय नियमित हुँदैन कहिले काही घरको काम सकिएन भने विद्यालयजान उनी वञ्चित हुन्छिन् अनि आमा विरामी परेपछि पनि विद्यालय छुटने गर्दछ । उनको बुवा खेती किसानी गर्दछन १ विगाह ६ कठ्ठा जमिन छ त्यही जमिनबाट उव्जाएको अन्न बालीले ६ जनाको परिवार पालिने गर्दछ । त्यही बाँकी बचेको अन्न खाद्यान्न वेचेर औषधि खर्च, स्वास्थ्य उपचार खर्च लगायत सवै खर्च चल्ने गरेको छ ।
आर्थिक अभावकै कारण सुशीलाको कही कतै उपचार नगरिएको बुवा पतिराम थारुले बताए । पैसा नै छैन कसरी उपचार गर्नु र काम नगरी खान पुग्दैन बालवच्चा पाल्नै पर्रो फेरि उपचार गरेर ठिक होला जस्तो पनि लाग्दैन उनी निराश देखिन्छन् ।
सुशीलाले अहिले शारिरीक अपाङ्ग भएका कारण मासिक २ हजार रुपैयाँ बुझने गरेकी छिन् । तर त्यतिले मात्रै उनलाई पुगेको छैन । विद्यालय समयमै पुग्ने ठुलो धोको छ तर कहिलै सकिन आवाज पनि स्पष्ट नआउने सुशीलाले सकी नसकी बोल्दै गइन एउटा ह्विलचेयर भएको भए धेरै सजिलो हुन्थ्यो तर खै कसरी किन्ने हो बाबाले पैसा छैन भन्नुहुन्छ उनले थपिन् ।
यतिखेर सवै विद्यार्थी भर्ना अभियानमा दौडिरहेका छन् तर विद्यालय गैरहेकाहरु मध्ये अपाङ्ग वालवालिको अवस्था के छ भनेर कसैले चासो लिएको पाइदैन ।
यस विषयमा गेरुवा गाउपालिका समेत अनविज्ञ रहेको छ । सुशीलाको समयमै विद्यालय पुग्ने चाहना पुरा हुन्छ वा हुँदैन यसै भन्न सकिएको छैन ।