इन्द्रेणी संवाददाता
चितवन, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन् ।
संविधान बनाउने जटिलता चिरेर शिक्षालाई मौलिक हकको रुपमा राखिएको उल्लेख गर्दै अब कार्यान्वयनमा लैजानुपर्ने बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरेका थिए । सो क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई उनले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका हुन् ।