Indrenionline.com

मञ्चमै बालबालिकाले स्नेह र कमजोरी पोखेपछि…..

काठमाडौं, ५ वैशाख । काठमाडौंमा केही बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनय मार्फत प्रस्तुत गरेका हुन् ।

थिएटर सेन्टर फर चिल्ड्रेन ९टिसीसी नेपाल० र थिएटर मलले गरेको बालबालिकाका लागि अभिनय तथा नाट्य कार्यशाला ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करणको समापनमा नाटक मञ्चन गर्दै उनीहरुले अभिभावकसामु आफ्नो स्नेह र गुनासो पोखेका हुन् ।

बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशालाको समापनमा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन भएका हुन् ।

‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले निर्देशन गरेका थिए भने ‘मुसाका कथा’लाई थिएटर मलका प्रवन्ध निर्देशक समेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी थिइन्, साथै कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन् ।
हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको छ ।
तीन नाटक बारेस्
नाटक ‘म जोकर बन्छु’मा अभिभावकको स्नेहभन्दा पनि दवाव बेहोर्नुपरेको बालकले आफ्नो बुबाले सकर्समा जोकरको चर्तिकला हेरेर खुशी भएपछिको प्रभाव प्रस्तुत गरिएको थियो । आफ्नो अतिरिक्त क्रियाकलापबाट खुशी नभएका बाबुलाई खुशी बनाउन आफू पनि जोकर बन्न उत्साहित भएका बालकको अभिव्यक्ति नाटकमा थियो ।

त्यस्तै लोककथामा आधारित नाटक ‘टोपी’मा आमाले मायाको ऊन र ममताको कुरुस चलाएर बुनेको टोपीको अन्य कुनैपनि मुल्यवान र मंहगा टोपी वा सामाग्रीसँग तुलना नहुने कथासार थियो । आमाले बुन्दिएको टोपी राजाको श्रीपेचसँग पनि साट्न नमानी दरबारबाट निस्कन बालकले गरेको संघर्षको कथाले अभिभावकप्रति सन्तानको स्नेह र सम्मानलाई मञ्चमा देखाइएको थियो ।