इन्द्रेणी संवाददाता
दाङ १ बैशाख । नयाँ बर्ष २०७५ साल आज बाटसुरु भएको छ । आज देश भरका नेपालीहरुले आफन्त, साथीभाइ लगायतले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ बर्षलाई स्वागत गरिरहेका छन् ।
नयाँ बर्षका अवसरमा शुभकामना दिदै राष्ट्रपति, प्रधानमन्त्री लगायत बिभिन्न दलका नेताहरुले यो बर्षमा नयाँ संविधान आउने बिश्वास ब्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गर्ने प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ । उहाँले परि आउने विध्नबाधाहरुबाट देशबासीहरुलाई मुक्ती मिलोस भन्ने कामना समेत गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुबीच सहमतिकै आधारमा सविंधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
