Indrenionline.com

अब चुनाव लड्न र व्यापार गर्न कक्षा ८ पास अनिवार्य

इन्द्रेणी संवाददाता
काठमाडौं, ३० चैत । अब चुनाव लड्नलाई र व्यापार गर्नका लागि पनि कक्षा ८ पास गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन दशौं संसोधनामा यो व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले आठ कक्षा पास नगरेकाले चुनाव लड्न र व्यापार गर्न नपाउने कानुन बनाउने तयारी गरेको हो । नेपाल कानुन आयोगले शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने कानुन बनाउने तयारी गरेको छ ।

आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने गरी कानुन निर्माण गर्न पस्ताव गरिएको छ । तर, यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको छ ।