Indrenionline.com

प्रेस चौतारीले ६ जना पत्रकारलाई सम्मान गर्दै

तुलसीपुर ३० चैत । प्रेस चौतरी दाङले ६ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । यस बर्षको योगदान पुरस्कार प्रेस चौतारीका पूर्वअध्यक्ष दुर्गालाल केसीलाई दिने निर्णय गरेको छ । पुरस्कार छनौट समितिको बिहिबार बसेको बैठकले १० हजार राशि भएको उक्त पुरस्कार कान्तीपुर दैनिकका उप–सम्पादक समेत रहेका केसीलाई दिने निर्णय गरेको हो ।

यस्तै प्रेस चौतारी दाङले स्थापना गरेको प्रतिभा पुरस्कार रेडियो प्रकृतिका समाचार सहसम्पादक बसन्त परियार, पत्रकारहरु विमला घर्ति र रमा पोख्रेल लाई दिने भएको छ । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले स्थापना गरेको जित स्मृति पत्रकारीता पुरस्कार शिवराज पन्थीलाई ,सरीता सुवेदिले स्थापना गरेको हिम साहसिक पत्रकारीता पुरस्कार बालकृष्ण पाण्डेलाई र मदन स्मृति आर्थिक पत्रकारीता पुरस्कार किरण गौतमलाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका सदस्य संगित बस्यालले जानकारी दिएका छन ।