Indrenionline.com

दुई प्रहरी संगठनमा दुई खनाल हुने पक्का

काठमाडौं, २८ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच हिजो बालुवाटारमा सम्पन्न छलफलले खनालद्वयलाई दुई प्रहरी संगठनको आइजीपी बनाउने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

सोही सहमतिअनुसार केहीबेरमा बस्ने मन्त्रिपरिषदको बैठकले आइजिपी नियुक्तिको निर्णय गर्ने बताइएको छ । आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको सुझाव अनुसार गृहमन्त्री रामबहादुर थापाले खनालद्वयलाई आइजिपी बनाउने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीले सहमति नदिएपछि बिहानको मन्त्रिपरिषदको बैठकले निर्णय गर्न सकेको थिएन ।