इन्द्रेणी संवाददाता
काठमाडौं, २७ चैत। भ्रष्टाचार मुद्दा लागेका राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने निर्णय गरेको हो।
सम्पत्ति विश्लेषणमा ७ करोड ९३ लाख रुपैयाँ खर्च गरेको देखिएको र वैध आम्दानी भन्दा खर्च धेरै भएकाले गैरकानूनी आर्जन गरेको अभियोगमा मुद्दादर्ता गर्ने तयारी गरेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिए ।