विराटनगर, २६ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन् ।
मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिए । कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै पण्डितले नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने बताए ।