पाल्पा, २७ चैत । रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।
साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो । प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।