तुलसीपुर १३, असार । सम्वाद समुहले तुलसीपुरमा शिक्षा अन्तरक्रिया गरेको छ । जिल्लामा शैक्षिक सत्र सुरु भएको लामो समय सम्ममा पनि पाठ्यपुस्तक को अभाव रहेका र शुल्कमा समेत एक रुपता नभएकाले अस्थालाई सहजीकरण गर्न सम्वादले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सहभागिहरुले जिल्लामा १० प्रतिसत पाठ्य पुस्तक अपुगरहेको वताएका छन । उनीहरुले विगतको वर्षहरु भन्दा यस वर्ष केहि सहज भएको भए पनि परिक्षा आउदा सम्म सबै विद्यार्थीको हातमा पुस्तक नपुगेको वताए ।
सम्वाद समुह सदस्य तथा शिक्षाविद विष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सरिता देवकोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षक संघका अध्यक्ष अर्जुन योगी, राष्टिय शिक्षक संगठनका अध्यक्ष भागवत पौडेल, मोहन ओली, यादव योगी, प्रकाश कुमार शर्मा, डिल्ली डागी, विष्णु प्रसाद आचार्य, निर्मला डिसी, श्याम रायमाझि पुस्तक व्यवासी घनश्याम वराल लगायतकाले मन्तव्य राख्नु भएको गियो । कार्यक्रममा धन्यवाद सम्वाद समुहका सदस्य टिकाराम रेग्मीले दिनु भएको थियो भने सहजीकरण सहजकर्ता सुशिल बस्नेतले गर्नु भएको थियो ।