काठमाडौं, २६ चैत । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा जेल चलान भएका द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर निवेदन) दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।