Indrenionline.com

एक लाख घुससहित दुई इञ्जिनियर रङ्गेहात पक्राउ

पोखरा, २६ चैत । जिल्ला शिक्षा कार्यालय कास्कीका दुईजना इञ्जिनियर एक लाख घुस लिदालिदै रङ्गेहात पक्राउ परेका छन् । शिक्षा कार्यालयमा करारमा काम गर्ने इन्जिनियर छविन्द्रविक्रम खाँण र सव इन्जिनियर प्रदिपकुमार बानियाँ २ वटा विद्यालय निर्माण सम्पन्नको बिल भुक्तानी लिने क्रममा १ लाख रुपैयाँ लिदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

मादीको प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माण सकिएपछि अन्तिम बिल भुक्तानी लिने क्रममा चिप्लेढुंगाको एक होटलमा सेवाग्राहीसँग घुस लिइरहेको बेलामा इन्जिनियर छविन्द्रविक्रम खाँण र सव इन्जिनियर प्रदिपकुमार बानियाँ पक्राउ परेको र उनीहरुमाथी अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।