भारत, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताए । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उनले भने “यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नेछौंँ, त्यसका लागि हामी मिलेर काम गर्न चाहन्छौंँ ।”
गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । रासस