Indrenionline.com

तस्करी गरेको आरोपमा गुरुङ पक्राउ

काठमाडौं, २५ चैत। राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । ३३ केजी तस्करी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मनाङ होटलका सञ्चालक समेत रहेका गुरुङलाई प्रहरीले विहीवार पक्राउ गरेको हो । यो सुन तस्करी प्रकरणमा गुरुङसँगै ११ जना पक्राउ परेका छन् । प्रहरीले यसअघि १० जनालाई पक्राउ गरेको थियो ।