Indrenionline.com

हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार

विरानगर, २५ चैत । विरानगरको जतुवामा हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । आज विहान नचिनेको मानिसको समूहले उनीमाथि गोली प्रहार भएको बताइएको छ ।

बिहान पौने ३ बजे सौच गर्न गएको वेला गोली उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली उनको छातीमा लागेको छ ।

उनको अहिले विराटनगर स्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ । उनको अवस्था बारे विस्तृत विवरण आएको छैन । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । केही दिन अघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।