एजेन्सी, २५ चैत । न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।
आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।