Indrenionline.com

रक्सौल-काठमाडौँ विद्युतीय रेल सेवा विस्तारमा सहमति

काठमाडौँ, २४ चैत । नेपाल भारतबीच रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने सहमति भएको छ । तीन दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीबीच आज यस्तो सहमति भएको हो । रेल सेवा विस्तार गर्ने कुरामा दुवै देशले आज सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख छ । त्यस्तै काठमाडौँसम्म नयाँ विद्युतीय रेल लाइन विस्तारका लागि समझदारी भएको छ ।

यो रेल लाइन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछु, संयुक्त विज्ञप्तीमा भनिएको छ, यो रेल लाइन निर्माणका लागि दुई देशबीच समझदारी भएको छ । यो रेल लाइनको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पुरा गरिनेछ ।

सर्भे पुरा भएपछि दुई देशबीच यो रेल लाइनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदन तयार गरिने भएको छ । ुयो रेल लाइन चाँडो भन्दा चाँडो निर्माण पुरा गर्नका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्भे पनि चाँडै सक्ने पुरा सहयोग गर्ने बचन दिनुभएको छु, विज्ञप्तिमा भनिएको छ ।