धनुषा, २२ चैत । धनुषाको पूर्वी क्षेत्र धारापानीमा बिहीबार भएको बम विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकी एक महिला घाइते भएकी छिन।
धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताए। घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। रासस
