दाङ, १३ असार । समलिंगी तथा तेस्रो लिंगी सम्वन्धि अभिमुखीकरण कार्यक्रम दाङको त्रिपुरमा सम्पन्न भएको छ । त्रिपुर नगरपालिकाको आर्थिक सहयोग तथा निल हिरा समाज दाङ र मानव स्वास्थ्य समाजको संयुक्त आयोजनामा आज सिद्धरत्न उच्च मावि नारायणपुरमा कार्यक्रम भएको हो ।
शिक्षक लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाजकी कार्यक्रम संयोजक शिल्पा चौधरीले सकजीकरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन लिलाधर वुढाथोकीले गर्नुभएको थियो ।।