रुकुम, २२ चैत । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमा तथा उपचार कार्यक्रमअन्तर्गत गाउँपालिकाले आव २०७४/७५ मा तीन सय गरीब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको हो ।
सामाजिक स्वास्थ्य सुरक्षा समितिले गत फागुन २७ गतेदेखि रुकुममा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । विपन्नलाई गाउँपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य बीमा र अन्य परिवारलाई सरकारले राष्ट्रिय रूपमा सामाजिक स्वास्थ्य सुरक्षा समितिमार्फत सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । सामाजिक स्वास्थ्य सुरक्षा समितिले रुकुम पश्चिमका ७३ जना दर्ता सहयोगीलाई तालीम दिएर स्वास्थ्य बीमाका लागि खटाएको छ ।