दाङ, १३ असार । जिल्ला सहकारी संघ दाङले यहि असार १८ गते ९४ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २२ औं संयुक्त राष्ट्रसंघ अन्र्तराष्ट्रिय सहकारी दिवस एवं २३ औं सहकारी दिवस सफल पार्नका लागी सवैमा आग्रह गरेको छ । १८ गते शनिवारका दिन हुने कार्यक्रममा मानव साङ्लो निर्माण गरिने भएको छ ।
संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सहकारी सहकारी विचको राष्ट्रिय एवं अन्तराष्ट्रिय ऐक्यवद्धता जाहेर गर्दै कार्यक्रम सफल पारिदिन सवैमा आग्रह गर्नुभएको हो ।।