चितवन, २१ चैत । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।