दाङ १३ असार । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सम्बन्धि दाङको अस्वारामा सञ्चालन भएको दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।
रक्षाचौर स्रोत केन्द्र अन्तरगत रहेको गूरु जजूर उच्च माध्यामिक विद्यालय को आयोजनामा भएको कार्यक्रममा दाङका २० वटा विद्यालयका चालीस जना प्रध्यानध्यापक तथा विद्यालयका व्यवस्थापन समितीका अध्यक्षहरुको सहभागीता रहेको थियो ।
तालिममा प्रारम्भीक कक्षाका बिद्यार्थीहरुलाई कसरी पढाउने लागायतका बिषयमा सिकाईएको थियो । कार्यक्रको सहजीकरण ज्ञान ज्योती प्रा।वि।का शिक्षक मेघराज घिमिरेले गरेका थिए ।।