इन्द्रेणी संवाददाता
काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते एमालेसँग पार्टी एकता हुने बताएका छन् ।
आज कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएपछि केही दिन छलफलको लागि समय लाग्ने उनले बताए । अध्यक्ष प्रचण्डले एकता बराबरी सिद्धान्तका आधारमा सम्मानजनक रुपमा हुनुपर्ने जानकारी समेत दिए ।