इन्द्रेणी संवाददाता
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नयाँ सम्झौताभन्दा भएका सम्झौताको कार्यान्यनका पक्षमा केन्द्रित हुने बताएका छन्।
यही चैत २३ देखि २५ गतेसम्म हुने आफ्नो भारत भ्रमणका विषयमा सांसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भनेआफूले अघिल्लो पटक पनि भारत भ्रमणका क्रममा सम्झौतामा जोड नदिएको तर भएका सम्बन्धहरु नेपालको दीर्घकालीन हितका पक्षमा रहेको दावी गरे।
आफ्नो भारत भ्रमणमा विशेष गरेर कृषि, जलस्रोत र ऊर्जाका क्षेत्रमा केन्द्रित हुने उनले जानकारी दिए। उनले भने, ‘कृर्षिमा आधुनिककारण, जलमार्ग र रेलमार्गका विषयमा भारतसँग कुराकानी हुन्छ।’
नेपाल भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई कसैले चाहेर पनि बिगार्न नसक्ने उनको भनाई थियो। ‘भारतसँग हाम्रो सम्बन्ध बहुआयामिक छ, कसैले बिगार्न खोजे पनी त्यो बिग्रदैन, सप्रिने अवस्थामा आइपुग्छ’, उनले भने । आफ्नो भारत भ्रमण दुई देशका बीचको सम्बनध थप विस्तार र नेपाल नेपालीको पक्षमा हुने उनले दाबी गरे।