Indrenionline.com

संयोजन समितिको बैठक अघि किन बोलाए ओलीले पार्टीको बैठक ?

काठमाडौं, २० चैत । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता संयोजन समितिको बैठक बस्नु अघि पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक बोलएको छन् ।

आज साँझ एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले माओवादी केन्द्रले राखेको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको एमालेका एक नेताले जानकारी दिए ।

माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेपछि एकता संयोजन समितिको बैठक बस्नुअघि एमालेले स्थायी कमिटीको बैठकमा सो मागबारे छलफल गर्न लागेको हो ।

माओवादी केन्द्रले पार्टी एकमा ५०–५० अनुपातमा हुनुपर्ने र जनयुद्ध शब्द राख्ने पस्ताव राखेको छ । एमाले–माओवादीबिच चिन्हको विषयमा पनि सहमति जुटेको छैन ।