Indrenionline.com

अब भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट : ओली

वीरगञ्ज, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास व्यक्त गरेका छन् ।
photo kpबारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो । रासस