Indrenionline.com

हात्तीलाई थापेको पासोमा परी महिलाको मृत्यु

झापा, १८ चैत । झापाको हल्दिबारीमा हात्ती भगाउन घर वरिपरी बिछ्याएको बिजुलीको नाङ्गो तारमा छुँदा एक महिलाको ज्यान गएको छ ।हल्दिबारी गाँउपालिका–३, आँपगाछी टोलकी ६० वर्षीया छबीमायाँ खड्काको करेन्ट लागेर शनिवार ज्यान गएको हो ।

आफ्नै बारीमा मकै गोड्ने क्रममा उनलाई हात र छातिमा करेन्ट लागेको प्रहरीले जनाएको छ । हात्ती भगाउन बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने गरिएको र शनिबार बिहान लाइन काट्न बिर्सदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।