काठमाडौं– परपुरुषसँग सम्बन्ध बढाएको भन्दै नुवाकोट बेलकोटगढी नगरपालिका ७ का प्रकाश तामाङले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती नमुना लामाको हत्याको अभियोगमा तामाङलाई शनिबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित नैकापमा विगत १ महिनादेखि दिदीको कोठामा बस्दै आएकी लामाको हत्या अभियोगमा तामाङलाई धादिङको गल्छी गाउँपालिकास्थित तल्लोडिलबाट पक्राउ परेको हो । प्रहरीका अनुसार विवाद बढ्दै जाँदा शुक्रबार प्रकाशले लामाको हत्या गरेर फरार भएका थिए ।
लामा र तामाङबीच ६ वर्षअघि विवाह भएकोमा त्यसको ६ महिनापछि समस्या विवाद हुन थालेको थियो । दुबै जनाले एक अर्का प्रति शँका गर्ने,भेट हुने बितिकै झगडा भैराख्ने,नमुनाले घर परिवार प्रति बेवास्ता गर्ने घर छोडी बाहिरै गर्न लागेपछि विवाद बढ्दै गएको रातोपाटीमा खबर छ ।
यतिमात्रै नभई नमुनाले परपुरुषसँग बढी फोन सम्पर्क गर्ने, आएका फोनहरु डिलेट गरी फाल्ने, कसलाई फोन गरेको भनि सोधपुछ गर्दा झैझगडा गर्ने, डिभोर्सको कुरा निकाली बिवाद बढाउने समेत गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यहि बिवादका कारण प्रकाशले एक वर्षअघि बिष सेवन गरी अस्पताल भर्ना समेत भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
