वीरगन्ज, १६ चैत । छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए। त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।
मृतक नेताका बुबा सत्यनारायण र सौतेनी आमा गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट