Indrenionline.com

फोहर व्यवस्थापनमा सुध्रिएन बानी, पाक्षिक सरसफाई अभियान रझेनामा

घोराही, १५ चैत्र । घोराही उपमहानगरपालिकाले जारी राखेको पाक्षिक सरसफाई अभियान अन्तरगत बिहिबार रझेना चोक आसपासमा सरसफाई गरिएको छ । घोराही उपमहानगरपालिका १४ र १८ को सिमाना क्षेत्रमा जनप्रतिनिधी, उद्योग बाणिज्य संघ, उपमहानगर र टोल विकास संस्थाका प्रतिनिधीहरुले सरसफाई गरेका हुन् ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १८ का अध्यक्ष भरत अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उपमहानगरका कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधीहरु सरसफाई अभियानमा सहभागि बन्नुभएको हो ।

पिपलबोट चोक देखी रझेना जाने सडक आसपासमा रहेका फोहरहरुको व्यवस्थापन गरिएको हो । कुलो र सडक छेउमा फालिएका फोहरहरु हटाउदै आगामी दिनमा फोहरको उचित व्यवस्थापन गर्न मेयर चौधरीले स्थानियहरुलाई निर्देशन दिनुभएको छ ।

फोहरहरुको उचित व्यवस्थापन नभएको पाईएपछि सरसफाई अभियानलाई केही हप्ता देखी त्यहाँ केन्द्रीत गरिएको छ । गल्ने र नगल्ने फोहोरहरु एकै ठाउँमा यत्रतत्र फालिएको र उचित व्यवस्थापन नभएको पाईएपछि तत्काल उचित व्यवस्थापन गर्न नगर प्रमुख चौधरीले टोलबासी र स्थानियलाई दिनुभएको छ ।