Indrenionline.com

आमाले ६ वर्षीय छोरालाई आइरनले मर्णासन्न गरी डामेपछि…

इन्द्रेणी संवाददाता
विराटनगर, १५ चैत । एक आमाले आफ्नै बालक छोरालाई आइरनले डामेर गम्भीर घाइते बताएकी छन् ।

विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेले आफ्नै ६ वर्षिय छोरा सनम काफ्लेलाई मंगलवार विहान आइरनले डोमर गम्भीर घाइते बनाएकी हुन् । उनलाई बुधवार नै विराटनगर प्रहरीले नियन्त्रणमा लिइसेको छ भने उनको विरुद्धमा बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

घाइते सनमको विराट नर्सिङ होममा उपचार भएको छ । अस्पतालले बुधबार डिस्चार्च गरेपछि उनलाई बुबा विक्रम काफ्लेले घर लिएर गएका छन् ।