काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधिशबाट लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा आज मुद्दा दर्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई सपथ गराउने दिन फागुन २९ बिहान नै पराजुलीको साउन २१ यताको पदावधि अवैधानिक भएको भन्दै न्यायपरिषद्ले पदमा नरहेको भनी पत्र पठाएको थियो। यद्यपि, राष्ट्रपति भण्डारीले सोही दिन सपथ लिएकी थिइन्।