जाजरकोट, १३ चैत । नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को (काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीमा काठको लाप्कोबाट नदी पार गर्दैगर्दा चिप्लिएर नेपालीको मृत्यु भएको सिंहको भनाइ छ । काठमाडौँबाट कमाइ गरी घर खर्च लिएर आएका नेपालीको मृत्यु भएको सिंहले बताउनुभयो । निर्माण व्यवसायीको लापर्बाहीले समयमा पहुँचमार्ग निर्माण नहुँदा यहाँका हजारौँ स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
करिब तीन किलोमिटर सडक नलगाड नदीको बीचबीचमा रहेको लाप्कोको भरमा वारपार गर्नुपर्ने हुन्छ । यो भन्दा अगाडि दुई महिनाको बीचमा लडेरै तीनजनाको मृत्यु भइसकेको छ । रासस