इन्द्रेणी संवाददाता
खोटाङ, १३ चैत । खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
घरायसी विवादमा सोमबार साँझ श्रीमान्श्री/मतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरीले जनाएको छ । घटनालगत्तै श्रीमान् मकरध्वजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।