काठमाडौं, १२ चैत । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ ।
उनले भने,‘मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।’
एमाले का नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।
कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकता अब छिट्टै हुने घोषणा गर्दै आएका छन् । नयाँ पत्रिकाबाट