नुवाकोट, १० चैत । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ ।
भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजनाविरुद्ध १८ कात्तिक २०७२ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गत ७ पुसमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखनको मुद्दासमेत दायर गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ र राधा तामाङको मुद्दा भने मुलतवीमा राखिएको छ । उनीहरू हाल फरार छन् । रासस