Indrenionline.com

कर्णाली प्रदेशको अफर : दुई वर्षसम्म कर छुट

इन्द्रेणी संवाददाता
सुर्खेत, ९ चैत । कर्णाली प्रदेशले उद्योगकर्ताहरुलाई अफर ल्याएको छ । सो प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर तिनुपर्ने छैन ।

कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन, कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन् ।

“कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं, सहकार्य गरेर अगाडि बढ्ने हो,” मन्त्री शाहीले भने । उनले रारामा बोटिङ सञ्चालन गर्न चाहने पर्यटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा गरे ।