काठमाडौं, ८ चैत । पन्ध्र वर्षिया बालिकालाई बन्धक बनाएर सामुहिक बलात्कार गर्ने पाँच जना पक्राउ परेका छन् । ललितपुर प्रहरीले फागुन १७ गते हराएकी बालिकालाई करीव दुई सातासम्म बन्धक बनाएर बलात्कार गर्नेलाई नियन्त्रणमा लिएको हो ।
रिङ्गरोडमा चल्ने वा ४ ख ३८५१ नम्बरको बसमा वल्खु चौकबाट चढेकी बालिकालाइ चालक सन्तोष घिमिरेले वसुन्धरा स्थित एक ग्यारेजमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। सह–चालक दिवस गड्तौलाले पनि बालिकालाइ बलात्कार गरेको प्रहरीले बताएको छ ।
१८ गते साँझ पिडितलाई सन्तोष घिमिरेले ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाएर राखे। पिसाव समेत कोठाभित्रै गर्न लगाई जवरजस्ती करणी गरेको डिएसपी मोहन थापाले बताए। २४ गते बालिका कोठाबाट भागेकोमा अर्को वसका सह चालक सुदिप वजगाईले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
उक्त दिन सन्तोष घिमिरेले पुनस् बालिकालाइ कोठामा लगी जवरजस्ती करणी गरेका थिए। गाडी चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर दिनभर गाडीमा घुमाई स्वयम्भु स्थित एक ग्यारेजमा लगी बालिकालाइ जवरजस्ति करणी गरेको र २८ गते पिडितको स्वास्थ्य अबस्था बिग्रदै गएपछि गर्भ निरोधक औषधि र २५० रुपैयाँ दिई उनीहरुले स्वयम्भुमा लगेर बालिकालाइ छाडिदिएको प्रहरीले जनाएको छ।