दीपक शर्मा
वर्दिया, ६ चैत । बर्दियामा पहिलो पटक श्रीमान विरुद्ध श्रीमतीले बलात्कारको मुद्धा दर्ता गराएकी छन् । बर्दियाको ठाकुरवावा नगरपालिका वार्ड १ सिंहवाहिनि निवासी ३६ बर्षिय तारादेवि बोहराले आफनै श्रीमानविरुद्ध दिनहु यातना दिने र बलात्कार गरेको भन्दै श्रीमान कालिबहादुर बोहराविरुद्ध मुद्धा दर्ता गराएकी हुन् ।
२०५३ सालमा विवाह बन्धनमा बाधिएका तारा र कालिवहादुरका ४ छोरी र १ छोरा रहेका छन् । लामो समय देखि दम्पत्तिविच बेमेल बढेपछि गएको कार्तिकमा सम्वन्धविच्छेदको मुद्धा दर्ता भएको थियो जिल्ला अदालतमा, अदालतले अझैै फैसला नगरेका कारण एउटै घरमा बस्दै आएका थिए ।
सोहि समयमा पनि पटक पटक यातना दिने कुटने र जवरजस्ती गर्ने गरेका कारण बाध्य भएर मुद्धादर्ता गराएको पिडितलाई उद्धत गर्दे जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका मुद्धा फाटका प्रहरी निरिक्षक बोधराज ओझाले बताए ।
