इन्द्रेणी संवाददाता
काठमाडौं, ६ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीको पद धारण गरेको ६० दिनभित्र विवरण सार्वजनिक गर्ने प्रचलन भए पनि तामाङले बहाली गरेको दोस्रो दिननै विवरण सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार विभिन्न कम्पनीमा १५ लाख रुपियाँ बराबरको सेयर छ । मन्त्रीसँग ३० तोला सुन रहेको विवरण पनि सार्वजनिक गरेका छन् । कृषि विकास बैङ्कमा ४० लाख र अन्य सापटी गरी ७० लाख रुपियाँ ऋण रहेको उनको विवरणमा उल्लेख छ । एउटा गाडी, एक थान मोटरसाइकल पनि सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री तामाङसँग मोबाइल र ल्यापटप दुई÷दुई थान छन् ।