Indrenionline.com

आउदो एक वर्षमा चन्द्रमामा पनि ‘फोरजी’

चैत, ६ । वैज्ञानिकहरुले चन्द्रमामा फोरजी नेटवर्क पर्याउने महत्वकांक्षी योजना अघि बढाएका छन् । भोडाफोन जर्मनी र नोकियाको सहकार्यमा चन्द्रमामा फोरजी नेटवर्क सञ्चालन गर्न लागिएको हो । जसले गर्दा रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो खिच्न सकिनेछ ।

यो नेटवर्क बर्लिनको पार्ट टाइम(पीटी) साइन्टिस्ट नामक कम्पनीको सहयोगमा बनाइनेछ । चन्द्रमामा मानव पाइला राखेको ५० वर्ष पुगेको अवसरमा चन्द्रमामा फोरजी नेटवर्क राख्न रोबोट पठाउन लागिएको हो । सन् १९६९मा नील आर्मस्ट्रंग र एडविन एल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए ।

संसारका कतिपय स्थानमा फोरजी नेटवर्क पुगिरहेका वेला वैज्ञानिकहरुले यस्तो योजना अघि सारका हुन् । भोडाफोन जर्मनीको आधिकारिक रिपोर्टका अनुसार आउँदो वर्षमा चन्द्रमामा फोरजी नेटवर्क जोडिने छ ।