इन्द्रेणी संवाददाता
दाङ ५ चैत्र । सभामुख कृष्णबहादुर महरा भोली मंगलवार दाङ आउने भएका छन् । दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य जितेका महरा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा आउन लागेका हुन् ।
दाङ आएपछि सभामुख महराले तुलसीपुर र घोराहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएका छन् । मंगलबार बिहान घोराही आइपुग्ने महराले दिउसो घोराही उपमहानगरपालिकाले गर्ने स्वागत तथा सम्मान कार्यक्रममा सभागिता जनाउनेछन भने त्यसपछि नेपाल पत्रकार महासंघ दाङ तथा दाङ जिल्ला उद्योग बाणिज्य संघले गर्ने छुट्टा छुट्टै कार्यक्रममा महरा सहभागी हुने छन् ।
त्यस्तै बुधबार सभामुख महरा तुलसीपुरमा आयोजना गरेको अन्तराष्ट्रिय रंगभेद बिरुद्धको दिवसको कार्यक्रममा सहभागी हुनेछन । भने बिहिबार केहि मतदाताहरुलाई अनौपचारिक रुपमा भेटेर सभामुख महरा पुनः राजधानी फर्किने छन् ।